आयुर्बेद औषधी संघद्धारा १ नं. प्रदेशमा निःशुल्क आयुर्बेदिक औषधी वितरण - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

आयुर्बेद औषधी संघद्धारा १ नं. प्रदेशमा निःशुल्क आयुर्बेदिक औषधी वितरण

सरोज निरौला पथरी/ नेपाल आयुर्बेद औषधी व्यवसायी संघ प्रदेश १ ले प्रदेशभरि नै निःशुल्क आयुर्बेदिक औषधी तथा स्वास्थ्य सामाग्रीहरु वितरण गर्दै आएको छ । दोस्रो चरणकाे अभियान अन्तर्गत मोरङकाे पथरी शनिश्चरे नगरपालिकालाई  २२  सेट औंषधी हस्तान्तरण गरेकाे छ । संघले जेठ २९ गते शनिबार पथरी नगर अस्पतालकाे आइसोलेशन वार्डमा रहेका संक्रमित र स्वास्थ्यकर्मीहरुका लागि साे औंषधी उपलब्ध गराएकाे हाे ।

नेपाल आयुर्बेद औषधी व्यवसायी संघले एक औपचारीक कार्यक्रमका बिच नगरप्रमुख दिलिप कुमार राई र स्वास्थ्य संयोजक मुरारी आचार्यलाई औंषधी हस्तान्तरण गरेकाे हाे। त्यस्तै, सघंले माेरङकाे उर्लाबारी नगरपालीकामा आइसोलेसन सेन्टर रहेका संक्रमित तथा स्वास्थ्यकर्मीका लागि  ४३ सेट औंषधी वितरण गरेको छ ।

अभियानले झापाको दमक, शिवसतासी नगरपालीका, अर्जुनधारा लगायतका पालिकामा संक्रमित भइ होम आइसोलेशनमा रहेका बिरामीहरुलाई औषधी वितरण गर्दै आएको प्रदेश १ का सह–सचिव तिर्थराज अधिकारीले जानकारी दिए ।
संघले मेचिनगर पूर्वी नाकामा रहेको नवयात्रा पुनर्स्थापना केन्द्रमा माक्स, सेनेटाइजर र अमृत चिया हस्तान्तरण गरेको छ । अभियानमा आयुर्बेदिक चिकित्सक डा. सरबेन्द्र प्रसाद यादव, प्रदेश संयोजक गंगा ढकाल सचिव जि.पि. तिवारी लगायतको टिमले एक नं. प्रदेको प्रत्येक पालिकामा पुगि नगरप्रमुख तथा वडा अध्यक्षको रोहबरमा औषधी वितरण गर्दै आएको छ ।

 

सम्बन्धित खवर