विश्व वातावरण दिवशमा पथरी जेसिज द्धारा बृक्षरोपण - Sainokhabar
  • शनिबार, जेठ २९, २०७८

विश्व वातावरण दिवशमा पथरी जेसिज द्धारा बृक्षरोपण

सरोज निरौला पथरी/  विश्व बाताबरण दिवशको अवसरमा मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको पथरी जेसिजले बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

“हाम्रो पथरी ग्रीन पथरी” भन्ने मुल नाराका साथ पथरी जेसिजले वडा नमबर १ को मन्दिर लाईनमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । सामाजिक कार्यमा अग्रपङतिमा उभ्याउन सफल जेसिजले बाताबरणलाई हराभरा बनाउने र सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यले पथरी हसन्दह सडक खण्डमा ६ वटा डिभाईडर सहित कपुरको बिरुवा रोपिएको हो ।

सो बाटोमा चहलपहल बढि हुने र सवारी दुर्घटनाको जोखिम बढ्दै गएकाले वडा नमबर १ का वडा अध्यक्ष बाबुराम एङदेन र युवा समाजसेवि जय बिष्टको सहयोगमा डिभाईटर सहित बृक्षारोपण गरिएको पथरी जेसिज अध्यक्ष प्रदिप फँुयाँलले जानकारी दिए । पछिल्लो समय बाताबरण विनासले तिब्रता पाएको र बाताबरण मासिदै गरेको अवस्थामा जेसिजले यस्लाई जोगाउन सबैतर्फबाट पहल गर्ने र अझै बढि समाजीक काममा जेसिजले सहभागीता जनाउने र सबैले देख्ने काम गर्न लागी परको पनि फुँयालले बताए ।

यस्तै बृक्षारोपण कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम एङदेनले जेसिजले आयोजना गरेको बाताबरणीय कार्यमा सहयोग गर्न पाँउदा खुसि लागेको र पथरीको विकासमा दिलो ज्यान दिएर लागी पर्ने बताए । समाजिक कार्यमा अग्रसर रहेको जेसिजले तपाईको मास्क खोई ?, मृगौला पिडितलाई सहयोग र विपन्नलाई सहयोग जस्ता सामाजीक काम सम्पन्न गरिसकेको छ ।

सम्बन्धित खवर