हामी महिला हौ, मैला होइनौ - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

हामी महिला हौ, मैला होइनौ

सुश्मा सिवाकोटी

सर्वप्रथम नमस्कार

हामी महिला हौ, मैला होइनौ । विचार गरौ, हाम्रो शरीरबाट बगेको रगत शुद्ध छ, फोहोर होइन । महिनावारी श्राप होइन, अवसर पाएको हो । तसर्थ खुसीयाली मनाऊ किनकि हामीमा पूर्णता छाएको हो । शरीरको अन्य भागबाट बगेको रगत हानीकारक हुन्छ, तर महिनावारी हुँदा वगेको रगत, कुनै फोहोर होइन ।

अशुद्धताको प्रतिक होइन, यो त महिलामा हुनुपर्ने अवसर हो । जत्ति बच्चा जन्मिदा खुसी भइन्छ, त्योभन्दा बढी बच्चा जन्माउन योग्य भएकाले खुसी हुनुपर्छ । एउटा प्राकृतिक प्रक्रिया भएकाले अन्धविश्वास र कुरीतिका महिलालाई छिछ दुरदुर गर्नु हुँदैन । संस्कृति र संस्कारका नाममा अछुत व्यवहार गर्नुहुँदैन । समाजमा महिनावारीका विषयमा खुलेर कुरा गर्नसक्नु पर्छ ।

महिला स्वयम्ले स्वास्थ्य, सरसफाइ र पोषकतत्वमा विशेष ध्यान दिनुपर्छ । महिनावारी हुँदा महिलालाई कुनैपनि सामाजिक काममा रोकटोक लगाउनु हुँदैन । समाजमा अहिले पनि महिनावारीका नाममा महिलालाई विभेद गरिएको छ । कानुनत ः त्यो काम गर्न वन्देज लगाइएको भएपनि समाजमा यस्ता घटना घटिरहेका छन् । विशेषगरी नेपालको पश्चिमी छेउमा छाउपडीका नाममा यस्ता विसंगतिका घटना बढी घटेका छन् ।

जुन समय महिलालाई बढी सहयोग चाहिन्छ, त्यही समय घरबाट बाहिरिनु पर्ने ?यो कस्तो संस्कार हो हाम्रो ? । यतिमात्र कहाँ हो र । छाउपडीका नाममा गोठमा बसाउने कुसंस्कार छ । यस्तो गर्दा कतिपय किशोरीको त छाउमै मृत्यु पनि भएको छ । यो पूरापूरा अन्धविश्वास हो । हाम्रो समाजले आफै भन्छ, सृष्टि चलाउनका लागि बच्चा जन्माउनु पर्छ । तर, त्यही सृष्टि चलाउन महिलाहरुले पूर्णता पाउँदा खुसी हुनु त कता हो कता । उल्टै घरभित्र पस्न दिँदैन ।

घरका कसैलाई हेर्न नमिल्ने, घरदेखि टाढाको गोठमा बस्नु पर्ने । हामी कुन शताब्दीमा छौ र केही गरिरहेका छौ । हामी महिनावारीलाई दुःखमा होइन सुखमा वदलौ । एउटा महिला सन्तान उत्पादनका लागि उपयुक्त सम्झौ । अनि मात्र हामीले महिलाले पनि महिला भएर बाच्नुको अर्थ रहन्छ ।आजैबाट यहाँहरु सबैले महिनावारीका विषयमा सकरात्मक सोचको विकास गर्नुहोस् भन्दै महिनावारी दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु ।

सम्बन्धित खवर