सरकारकाे विरुद्ध ४ राजनैतीक पाटिले संयुक्त प्रेस विज्ञप्त, राष्ट्रिपती भण्डारीलाई माहमरानीको संज्ञा - Sainokhabar
  • शनिबार, जेठ २९, २०७८

सरकारकाे विरुद्ध ४ राजनैतीक पाटिले संयुक्त प्रेस विज्ञप्त, राष्ट्रिपती भण्डारीलाई माहमरानीको संज्ञा

साइनाे समचारदाता उर्लाबारी/ मोरङको पथरीशनिश्चरेमा प्रधान मन्त्रि के पी शर्मा ओलीको सरकार विरुद्ध ४ राजनैतीक पाटिले संयुक्त प्रेस विज्ञप्त निकालेको छ । नेपाली काङग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष) र जनता समाजबादी पार्टीले पत्रकार सम्मेलन गर्दै जनमतको उपेक्षा असंबैधानिक, अलोकतान्त्रीक गणतन्त्र विरोधी गतिविधी गरेको भन्दै संयुक्त प्रेस विज्ञप्त निकालेको हो ।


प्रधान मन्त्रि ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको मिलेमहतोमा जेष्ठ ७ गते राति पुन जनमतको उपेक्षा गर्दै संसद विघटन गरी अलोकतान्त्रीक, असंबैधानिक, जनविरोधी तथा राष्ट्रघाती कदम चालेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा मुलुक कोरोना माहामारीमा आक्रान्त भएको समयको बेवस्था गर्दै नेपालको संबिधान विपरीत तानाशाहा प्रबिधीमा सरकार लागेको भन्दै लोकतान्त्रको रक्षाका लागि सम्पुर्ण नेपाली जनतालाई अपित समेत गरेको छ भने सरकारलाई गलत कदम सच्याउन समेत माग गरेको छ ।
पत्रकार सम्मेलनमा ओली सरकारले गरेका कार्य नेपालको हित विपरित रहेको र जनविरोधी कार्य भएको माओबादि केन्द्रका नगर अध्यक्ष चेतन दाहाल, नेपाली काङग्रेसका नगर अध्यक्ष टेकबहादुर थापा, जनता समाजबादी पार्टीकी तारा दवाडी बताएका छन । भने नेकपा एमालेका जिल्ला सदस्य समेत रहेका टंक भण्डारीले मुलुकलाई अधिनायकबाद तर्फ लाने के पी शर्मा ओलीलाई साथ दिने राष्ट्रिपती भण्डारीलाई माहमरानीको संज्ञा दिएका छन ।

 

सम्बन्धित खवर