काँग्रेस सडक प्रदर्शनमा नउत्रने - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

काँग्रेस सडक प्रदर्शनमा नउत्रने

काठमाडौं / नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । यस्तै बैठकले तत्काल सडकमा आउनु उपयुक्त नभएको पनि निष्कर्ष निकालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

बैठकले न्यायिक लडाइ अदालतमा र राजनीतिक लडाइ सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत थाल्नुपर्ने निर्णय गरेको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महत जानकारी दिए ।

सम्बन्धित खवर