कोरोना स‌ङक्रमितको घरघरमा काँग्रेस - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

कोरोना स‌ङक्रमितको घरघरमा काँग्रेस

मोरङको विभिन्न स्थानमा कोरोना संक्रमितकाे घर घरमा सेनिटाईज तथा पालिकामा हेल्पडेस्क सुरु भएको छ ।

काङ्ग्रेसका विभिन्न तह र तप्कामा रहेका नेता-कार्यकर्ता द्दारा स्थापित हेल्पडेस्कले दोस्रो चरणको कोरोना संक्रमण र लकडाउनमा खाद्यान्न राहत वितरण र संक्रमितको घरघरमा पुगेर सेनिटाईज गर्न कार्य सुरु गरेका हुन ।

मोरङको कानेपोखरी गाँउपालीकामा सुरु गरेकाे उक्त कार्यमा काङग्रेस नेताले स्वास्थ सामाग्री सहयाेग सहयाेग गरेका छन । सहयाेग गर्नेमा जिल्ला सदस्य सुशील राई, क्षेत्रीय सदस्य सन्तोष फुयाल, कानेपोखरी गाँउपालीका उपसभापति मदन सेढाई, युवा नेता सुनिल पराजुली लगायतले सहयाेग गरेका हुन् ।

हेल्पडेस्कले ६ गतेबाट थप कार्यक्रम समेत सन्चालन गरेको हाे । नेपाली काङ्ग्रेस जिल्ला सदस्य सुशील राई, क्षेत्रीय सदस्य सन्तोष फुयाल र कानेपोखरी उपसभापति मदन सेढाईको तीन सदस्य टिमले हेल्पडेस्क सन्चालनमा ल्याएकाे हाे । उक्त्त टिमले स्थानीय ३० जना कोरोना संक्रमितको घरमा गएर सेनिटाईज गरि सकेको हो । नेपाली काङ्ग्रेस जिल्ला सदस्य राजेन्द्र ढकाल, काङ्ग्रेस युवा नेता दिपक चापागाईं, सांसद बिन्दा कार्की लगायतको प्राविधिक सहयोगमा संक्रमितको घर सरसफाईको कार्यक्रम सुरु भएको बताईएको छ ।

कानेपोखरी गाउँपालिका वडा न.३ बाट सुरु भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य तथा वडा न.३ का वडा अध्यक्ष कीर्तिमान मादेन र वडा न.३ का स्थानीय वडा प्रतिनिधि,रमाइलो प्रहरी चौकीका प्रतिनिधि समेतको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर