कोरोना संक्रमित ब्याक्तीको घर सेनिटाइज गर्ने तरुणको जोसलाई दीपककाे सहयोग - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

कोरोना संक्रमित ब्याक्तीको घर सेनिटाइज गर्ने तरुणको जोसलाई दीपककाे सहयोग

सरोज निरौला  पथरी / मोरङको पथरी शनिश्चरे नगरपनलीकामा कोरोनाको संक्रमण दिन दिनै फैलिदै गरेको अवस्थामा भोलि देखि तरुणदलले संक्रमित ब्याक्तीको घर सेनिटाइज गर्ने भएको छ । दिनानु दिन संक्रमण फैलदै गएका कारण भोली देखि कोरोनाको संक्रमण ब्याक्तीको घर घरमा गएर सेनिटाइज गर्ने कार्यक्रमका संयोजक तथा नेपाली काङग्रेस नगर सदस्य भुपेन रणपहेलीले बताए ।

युवाहरुको यस्तो जोसिलो कार्य साइनो खवरका माध्यमबाट थाहा पाई बिराटनगरका यूवा नेता तथा सामाजिक अभियान्ता गुराँस पुस्तकालयका पूर्व सभापति शुशिल कोइेराला फाउन्डेशनका माहासचिब दीपक चापागाईले पिपिई ५० थान, पन्जा र माक्स २÷२ बोक्स, १० लिटर शेनिटाइजर र १ पिस स्प्रे ड्रम सहयोग गर्नु भएको छ ।
सेनिटाइजका लागि नेपाली काङग्रेसका जिल्ला सदस्य राजेन्द्र ढकालले १ हजार पिस माक्स, हात धुने साबुन, पन्जा र नगद ५ हजार सहयोग गर्नु भएको छ भने पथरीशनिश्चरे वडा नं. १० का वडाध्यक्ष सागर राईले माक्स, सेनिटाईजर, पिपिई, ग्लोब्स तरुणदल नगर अध्यक्ष सन्तोष कटुवाल तथा कार्यक्रमका संयोजक भुपेन रणपहेलीलाई हस्तान्तरण गर्नु भएको छ ।
हाल सम्म पथरीशनिश्चरेमा कोरोनाका कारणले ६ जनाको मृत्यू हुनुका साथै ११३ जनामा संक्रमण देखिएको पथरीशनिश्चरे स्वास्थ संयोजक मुरारी आचार्यले बताए ।

सम्बन्धित खवर