अनिताकाे हत्या गर्ने देवर बिनोद पक्राउ - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

अनिताकाे हत्या गर्ने देवर बिनोद पक्राउ

रबिन्द्र बराल रंगेली/ मोरङको रंगेली नगरपालिका ३ स्थित रंजनि का १९ वर्षीय बिनोद यादव लाई भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका ३ स्थित तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ वर्षीया अनिता यादवको घाँटीमा धारीलो हत्यारले काटिएको थियो । प्रहरीले घटना भएको २४ घन्टा नबित्दै प्रहरी अपराधीलाई पक्राउ गर्ने सफल भएको छ ।

रंगेली प्रहरीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै(झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङ्गेलीले थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।
हत्या यसरी भएको थियो ।
बिनोद ले हत्या गरेको थाहा हुने देखेपछि उनले रगत लतपतिएको दाउ पानीले धोएपछि घरमा राखे । रातिसम्म अनिता घर नआएपछि उनका श्रीमान् बेचन श्रीमती खोज्न हिँडे । बिनोद पनि भाउजु खोज्न दाजुसँग गएका थिए । उनीहरूले रातभरि अनितालाई नेभेटेपछि बिनोद राति घर गई सुते । बिहान झिसमिसमा घरदेखि उठेर उनी फरार भएका थिए । हत्यापछि फरार रहेका बिनोदलाई प्रहरीले घरबाहिर रंगेली बजारमा लुकेर बसेको अवस्थामा बुधबार बिहान ८ बजे पक्राउ गरेको थियो ।

 

सम्बन्धित खवर