तरुणदलले संक्रमित ब्याक्तीको घर सेनिटाइज गर्ने - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

तरुणदलले संक्रमित ब्याक्तीको घर सेनिटाइज गर्ने

सरोज निरौला  पथरी /  मोरङको पथरी शनिश्चरे नगरपनलीकामा कोरोनाको संक्रमण दिन दिनै फैलिदै गरेको अवस्थामा भोलि देखि तरुणदलले संक्रमित ब्याक्तीको घर सेनिटाइज गर्ने भएको छ । दिनानु दिन संक्रमण फैलदै गएका कारण भोली देखि सेनिटाइज गर्ने नगर अध्यक्ष सन्तोष कटुवालले बताए ।


सेनिटाइजका लागि नेपाली काङग्रेसका जिल्ला सदस्य राजेन्द्र ढकालले र मोरङ पथरीशनिश्चरे वडा नं. १० का वडाध्यक्ष सागर राईले नगद सहित माक्स, सेनिटाईजर, पिपिई, साबुन ग्लोब्स तरुणदल नगर अध्यक्ष सन्तोष कटुवाल तथा कार्यक्रमका संयोजक भुपेन रणपहेलीलाई हस्तान्तरण गरेका छन ।

अघिल्लो सालको कोरोना संक्रमणको समयमा बिभिन्न समुदाय र सार्वजनिक स्थानमा सेनिटाइजर, साबुन र पानीको ड्रम राख्दै कोरोनाबाट जोगिन जनचेतना छर्दै हिडेका ढकालले यस पटक पनि सेनिटाइजर, साबुन र मास्क बितरण गरेका हुन ।

मोरङको क्षेत्र नं. ३ मा नेपाली काङग्रेसका जिल्ला सदस्य राजेन्द्र ढकालले विभिन्न सहयोगी दाताको सहयोगमा समुदाय स्तरमा मास्क, साबुन र सेनिटाइजर बितरण गर्दै आएका र संक्रमण न्यूनिकरण नभए सम्म अभियान जारी राख्ने बताएका छन ।

पथरीशनिश्चरेमा हाल सम्म कोरोनाका कारणले ६ जनाको मृत्यू हुनुका साथै ११३ जनामा संक्रमण देखिएको पथरीशनिश्चरे स्वास्थ संयोजक मुरारी आचार्यले बताए ।

सम्बन्धित खवर