रंगेलीमा घाँटी काटीएको अवस्थामा एक महिलाको शव फेला - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

रंगेलीमा घाँटी काटीएको अवस्थामा एक महिलाको शव फेला

रबिन्द्र बराल रंगेली/ मोरङको रंगेली नगरपालिका ३ स्थित तिलुवा चोकमा नजिकैको नहरमा एक जना महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको छ । धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार विहान रंगेल ३ कि २४ वर्षीया अनिता यादवको शव फेला परेको हो । बेचन यादवकी श्रीमती अनिताको शव भेटिएको ईलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ । घरदेखि ८ सय मिटर टाढा अनिताको शव फेला परेको हो । प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सोधपुछको लागि १९ बर्षका देवर बिनोद यादव, ५० बर्षिय सासू बिजुली यादव, श्रिमान बेचन यादव र ससुरा रामु यादवलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यलय रंगेलीले नियन्त्रणमा लिएको छ।

 

सम्बन्धित खवर