रंगेली नगरपालिका बजार क्षेत्रका ४ वटा वडा पुर्ण सिल - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

रंगेली नगरपालिका बजार क्षेत्रका ४ वटा वडा पुर्ण सिल

माेरङ जेठ ४ मंगलबार  

माेरङकाे रंगेली नगरपालिका मा कोेरोना संक्रमितको संख्या बढ्दै गएपछी रंगेली नगरपालिकाले   ४ वडा शिल  गरेको छ ।
कोरोना व्यवस्थापन केन्द्र र कार्यपालिकाको बैठकले संयुक्त रुपमा कोरोना प्रभावित वडाहरु पुर्ण रुपमा सिल दुुुघ र आैैषधि   सेेवा बाहेकका सबै  बन्द गरेकाे  छ ।  बैठकले जेष्ठ ३ गते  देखि ११ गते सम्म   का लागि   रंगेलीका ९ वटै वडामा स्वास्थ्य सेवा र दुघ विक्री वितरण बाहेक अन्य सबै   बन्द गरेको छ ।
 कोरोना संक्रमण देखिएको वडा नं.४, ५, ६ र ७ मा पुर्ण रुपमा वडा सिल गरिएको हाे  । सिसिएमसिको बैठकले पुर्व भेडुवा थान, पश्चिम चेका पुल, उत्तरमा बक्राह खोला र  दक्षिण मा  भारतिय सिमा क्षेत्रलाई पुर्ण निषेधित गरेको छ ।  अहिले रंगेली बजार क्षेत्रमा प्रवेश गर्ने सबै नाकामा प्रहरीको बाक्लो उपस्थिति समेत रहेको छ ।
 रंगेली नगरपालिका बडा नम्बर ५  का एक पुरुषकाे पनि  कोरोना संक्रमण बाट मृत्युु भएको छ । काेराेना काे दोस्रो लहर मा  रंगेलीमा अहिलेसम्म  दुई  जनाएको  मृत्यु भएको हाे ।  रंगेली नपा ५ बस्ने वर्ष ४७ का  पुरुष  काे मृत्युु भएको छ।   बैशाख २५   गते कोरोना पोजेटिभ  देखा परेपछि उनलाई  बिराट मेडिकल कलेजमा उपचार भई रहेको थियोे ।   उनको उपचारका क्रममा मृत्यु भएको हाे  । रंगेली ७ का ५० बर्ष काे एक पुरुषको पनि काेराेना बाट मृत्युु भएको थियोे । याे संगै रंगेली मा २ जनाकाे मृत्युु भएको छ ।

सम्बन्धित खवर