एसजी ग्रुपले चिनबाट अक्सिजन तथा स्वास्थ्य सामाग्री ल्याउने - Sainokhabar
  • शनिबार, जेठ २९, २०७८

एसजी ग्रुपले चिनबाट अक्सिजन तथा स्वास्थ्य सामाग्री ल्याउने

साइनो समचारदाता पथरी/कोभिड संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन सहज रुपमा नपाउदा ज्यान गुमाईहरुको समेत संख्या बढी रहेको तर्फ मध्यनजर गर्दै निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी मुलुक चिनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्री ल्याउने भएको छ । संक्रमितहरुको संखया दिनप्रतिदिन बढी रहेको तथा अस्पतालहरुले अक्सिजन अभाव भएको भन्दै विरामीहरुलाई भर्ना लिन नमानिरहेको समयमा प्रतिष्ठित व्यवसायी शिवप्रसाद घिमिर नेतृत्वको एसजी ग्रुपले छिमेकी मुलुक चिनबाट अक्सिजन व्याग , अक्सिजन माक्स सहित अक्सिजन सिलिण्डर ल्याउन लागेको हो ।

अक्सिजन कोभिडका विरामीहरुको उपचारका लागि अत्यावश्यक रहेको भएपनि सरकारी तथा निजी क्षेत्रले पनि आवश्यक अनुसार व्यवस्थापन गर्न नसकिरहेको समयमा आफुहरुले अक्सिजन व्याग ,अक्सिजन मास्क र अक्सिजन सिलिण्डर ल्याउन थालेको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमीरेले जानकारी दिए । अध्यक्ष घिमीरले पहिलो चरणमा ४०लिटर क्षमताका ५हजार सेट अक्सिजन व्याग , ५हजार अक्सिजन मास्क र २हजार अक्सिमिटर सोमबार सम्म काठमाडौं आइपुग्ने वताए । उनले मुलुकमा अक्सिजन अभावले मानिसहरुको उपचारमा भयावह अवस्था आइरहेको समयमा मुनाफा नराखी अस्पताल तथा व्यक्तिहरुलाई लागत मुल्यमै उपलव्ध गराउने समेत जानकारी दिए । एसजी ग्रुपले चिनबाट ल्याउने अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२ सय ५० युनिट जेठ ७ गते सम्ममा स्थलमार्गबाट नेपाल आइपुग्ने छ । अक्सिजन अभावका कारण मुलुकमा उत्पन्न भएको भयावह अवस्थामा व्यवसायीहरुले विदेशमा भएको आफनो नेटवर्कका माध्यमबाट अक्सिजन लगातका अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन पहल गर्नु पर्दछ भन्नेमा घिमीरेले जोड दिए । उनले आवश्यकता अनुसार थप सामाग्रीहरु समेत ल्याउने योजना आफुहरुसंग रहेको सुनाए । तल्काल स्वास्थ्य सस्थाहरुमा पुर्याउनु पर्ने संक्रमितहरुलाई अक्सिजन व्याग प्रयोग गर्ने गरिन्छ । विकसित मुलुकहरुमा समेत संक्रमितहरुका लागि आपतकालिन उपचारमा अक्सिजन व्याग प्रयोग गरिने गरेको र प्रभावकारी हुने गरेको जनाइएको छ ।

सम्बन्धित खवर