सुन्दरहरैंचा नगरपालिकामा एक सय शैंयाको होल्डिङ सेन्टर तयार - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

सुन्दरहरैंचा नगरपालिकामा एक सय शैंयाको होल्डिङ सेन्टर तयार

सुन्दरहरैंचा(मोरङ),२२ बैशाख। काेभिड १९ काे नयाँ भेरियन्टबाट नगरबासीमा कुनै क्षति हुन नदिन मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरमा एक सय शैंयाको होल्डिङ सेन्टर तयार गरेको छ । बुधबार नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगरको दुर्गादेवी दूलाल सुन्दरहरैंचा स्पोर्टस ग्राम सलकपुरमा ६५ शैंया र सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घमा ३५ शैंयाको होल्डिङ सेन्टरको ब्यवस्था गरिएको बताउनु भयो ।

ढकालले पत्रकार सम्मेलनमा कोभिडका कारण कुनै पनि नगरवासीले ज्यान गुमाउनु नपरोस भनेर सम्पूर्ण पूर्वाधार तयार गरिरहेको बताउनु भयो । उहाँले १०० शैंयाले अपुग भए सिग्देल बन्धु प्रतिष्ठान, मङ्गल स्मृति सामूदायिक जेसीज भवन र हरैंचा सामूदायिक भवनलाई होल्डिङ सेन्टरका रुपमा तयार राखिएको बताउनु भयो । नगर प्रमुख ढकालले भन्नुभयो – एकद्वार प्रणालीबाट सुन्दरहरैंचा –८ को कवर्ड हलमा शंकास्पद विरामीकाे स्वाब परीक्षण गर्ने ब्यवस्था मिलाइएको छ । उहाँले नगरवासीको निशुल्क स्वाब परीक्षण गर्ने ब्यवस्था मिलाइएको बताउँदै एउटा एम्बुलेन्स २४ घण्टा बिरामीको सुबिधाको लागि निशुल्क ब्यवस्था गरिएको बताउनु भयो ।
होल्डिङ सेन्टरमा १ सय थान अक्सिजन सिलिण्डरको व्यवस्था गरिने बताउँदै उहाँले भन्नुभयो – सकेसम्म हामी कुनै नगरवासीलाई मर्न दिँदेनौं । भबितब्य मृत्यु भइहाले मृत शरिरलाई ब्यवस्थापनका लागि शव बाहनको समेत ब्यवस्था गरिएको छ । सुरक्षाका लागि प्रहरीलाई आवश्यक पर्ने सबै सुविधा नगरले ब्यवस्थापन गर्ने उहाँको भनाई छ ।
कोभिड ब्यवस्थापनमा खट्ने स्वास्थ्यकर्मीलाई विशेष सुविधा र बीमाको ब्यवस्था नगरले नै गर्ने ढकालले बताउनु भयो । थप उपचारका लागि पूर्वाञ्चल विश्व विद्यालयको आइसोलेनमा पठाइने नगर प्रमुख ढकालले बताउनु भयो । विश्व विद्यालयसँग समन्वय भइरहेको छ । नगरपालिका दूध, मासु, माछा र तरकारीमा पूर्ण रुपमा आत्मनिर्भर रहेकोले परिस्थिति सहज नभएसम्म बाहिरबाट कुनै प्रकार माछा मासुु र तरकारी , दूध आयात हुन नदिने ढकालले बताउनु भयो । यस्तै आजैबाट नगरका सबै मूख्य बजारको अनुगमन सुरु गरिएको उहाँले बताउनु भयो ।

सम्बन्धित खवर