२५ केजि चितलको मासु बरामत - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

२५ केजि चितलको मासु बरामत

सरोज निरौला  पथरी /   पुर्वी मोरङमा बन्यजन्तु चोरी सिकारी हुने क्रम बढ्दो छ । महेन्द्र राजमार्ग र बस्ती संगै टासीएको घना जंगल रहेका कारणंं बन्यजन्तुहरु चोरी तस्करी हुने गरेको छ । खुल्ला बनजंगलका कारण बन्य जन्तुहरु असुरक्षीत बन्दै गएका छन । त्यस्कै मैका छोपी सिकारीहरुले बन्यजन्तुको चोरी सिकारी गर्ने क्रम बढ्दै गएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा रहेको मनकामना सामुदायीक वन क्षेत्रबाट २५ केजि चित्तलको मासु बरामद गरिएको छ । दुई युवाहरुले रातको समयमा जंगलबाट बोरा बोकेर आएने क्रममा ईलाका प्रहरी कार्यलय पथरीको गस्ती टोलीलाई देखि बोरा छोडी भागेको थियो ।
बुधबार रातको १० बजेको समयमा ईलाका प्रहरी कार्यालय पथरीको गस्ती टोली र वन क्षेत्रबाट खटिएका कर्मचारीहरुले २५ किलो चित्तलको मासु बरामद गरेको हुन । वन कार्यलय र सामुदायीक बनको सहकार्यमा संजाल गठन गरी सामुहीक गस्ति हुने गरे पनि बेलाबखर चोरी हुने गरेको पथरी सव डिभिजन वन कार्यलयका अधिकृत सुरेन्द्र कुमार कार्कीले बताए । भने चोरी सिकारी गर्ने ब्यात्तीहरुलाई पक्राउ गरी कावाही गर्न नसक्नुले चोरी सिकारी पुर्ण रुपले नियन्त्रा हुन नसकेको सिरिजंघा धार्मिक वन उपाध्यक्ष सन्तोष सेरेङले बताए ।

सम्बन्धित खवर