बाटो खन्ने क्रममा प्रहरीकै अगाडी डोजर माथि आगजनि, प्रहरीले लिएन जाहेरी (फाेटाे फिचर) - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

बाटो खन्ने क्रममा प्रहरीकै अगाडी डोजर माथि आगजनि, प्रहरीले लिएन जाहेरी (फाेटाे फिचर)

साइनो समाचारदाता
पथरी/ मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा बाटो खोल्ने क्रममा स्थानिय पदम देवि उप्रेती र बेनिसा चौलागाई सासू बुहारीले डोजरमाथि आगजनि र तोडफोड गरेका छन । नेपाल सरकारको नक्सामा रहेको बाटो स्थानिय उप्रेती परिवारले भोगचलन गर्दै आएका थिए । हाल बाटो आवस्यक भएका कारण स्थानिय माहाराजथान समितिले बाटो खोल्ने भए पछि बिबाद उत्पन भएको थियो । पटक पटक वडा र नगरमा बसेको छलफल र बैठकमा उप्रेती परिवारले बाटो नछोड्ने निर्णय भए पछि नगरले वडाको रोहवरमा बाटो खोल्ने निर्णय गरेको थियो ।

 


नगरको निर्णय अनुसार बैशाख ४ गते स्थानिय, जनप्रतिनिधी र प्रहरी प्रसासनले बाटो खोल्न उक्त स्थानमा पुग्दा उप्रेती सासू बुहारीले डोजर माथि तोडफोड र आगजनी गरेका थिए । दिनको १२ बजे घटना घटे पछि प्रहरीले ४ बजे जाहेरिका आधारमा सासू बुहारीलाई पक्राउ त गर्यो तर बेलुकी ८ बजे कुनै छलफल र सहमति बेगर उनिहरुलाई छाडि दिएको छ । यता कार्वाहिको सहित क्षतिपुर्तिको माग गरेका वडाध्यक्ष जोग बहादुर धिमाल उपप्रमुख यमुना विष्ट बास्तोला र स्थानियले दिएको जाहेरि समेत प्रहरीले बेवस्था गरेको छ । घटना घटेकै दिन र भोलिपल्ट ईलाका प्रहरी कार्यलयमा पथरी पुगेर दिएको जाहेरी समेत दर्ता नगरेको वडा सदस्य रेवत बहादुर बस्नेतले प्रहरी कार्यलयमै दुखेसो पोखेका छन ।

भुपाल थापाको सिमाना पर्ने रजत जयन्ति मार्गबाट बक्रबाध जाने सरकारी बाटो उप्रेती परिवारले भोग चलन गर्दै आएका हुन । थापाको सिमाना पर्ने सरकारीबाटो निर्माण गर्ने क्रममा उप्रेती परिवारले पटक पटक बिबाद गर्दै आएका थिए । शनिवार बाटो खन्ने क्रममा डोजर मानि आगजनि र तोड फोड हुदा २ लाख २० हजारको क्षति भएको डोजर संचालक संजय शाहाले बताए । प्रहरी प्रसासनकै अगाडि डोजरमाथि आगजनि र तोडफोड हुदा सम्म प्रहरीले जाहेरि नलिनु कार्वाहि प्रकृया अगाडि नबढाउनुले प्रहरीबाट न्याय पाईन्छ भन्ने कुरामा शंका उब्जिएको छ ।
नगरको निर्देशनमा बाटो खन्नु, डोजरमा आगजनी र डोडफोड हुनु र प्रहरी प्रसासनको संरक्षणमा खुल्म खुल्ला हिडडुल भैरहदा पनि इलाका प्रहरी कार्यलयका पथरीका प्रहरी उपरिक्षक कृष्ण खड्काले प्रकृया अगाडी बढीरहेको बताए ।

 

सम्बन्धित खवर