नाैलाे मिरमिरे बसले भेटाएको नगद र पर्स फिर्ता गर्याे - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

नाैलाे मिरमिरे बसले भेटाएको नगद र पर्स फिर्ता गर्याे

सरोज निरौला  पथरी / मिरमिरे बसका असर चालक र संचालकले भेटाएको पर्स ७ दिन पछि जिम्मा दिदै असल नागरीको पहिचान दिएका छन । उर्लाबारी नगरपालीकाका छत्र बहादुर दाहालले भेटाएको नगद सहितको पर्स ७ दिन पछि जिम्मा दिएका छन । नौलो मिरमिरे यातायातका संचालक दाहालले आफ्नो गाडिमा भेटेको १३ हजार सहितको पर्स संम्बन्धीत ब्याक्तीलाई भेटाएर जिम्मा लगाएका छन ।

बेलबारीबाट पथरी आउने क्रममा पथरीशनिश्चरे वडा नं. १० का गैर बहादुर राई (बिचारी) को पैसा सहितको पर्स खसेको थियो । को १ ख ७८६५ नं. का बस चालक पुष्प श्रेष्ठले संचालक दाहाललाई १३ हजार सहित पर्स भेटेको जानकारी गराएका थिए । पर्समा भोटलीस्ट कार्ड मात्र भएको र संम्पर्क नम्बर नभए पछि उर्लाबारी नगरपालिका २ का वडाध्यक्ष राजन कडेलको मार्फत पथरीशनिश्चरे नगरपालीका वडा नं. १० का वडाध्यक्ष सागर राईको सहयोगमा पर्स जिम्मा लगाएका छन । चालक पुष्प श्रेष्ठले संचालक दाहालले इलाका प्रहरी कार्यलयमा पथरीमा डि एस पि कृष्ण खड्का पथरीशनिश्चरे नगरपालीका वडा नं. १० का वडाध्यक्ष सागर राई उर्लाबारी नगरपालिका २ का वडाध्यक्ष राजन कडेल सहितको उपस्थीतीमा सो रकम जिम्मा लगाई असरल नागरीको पहिचान बनाएका छन । ७ दिन अगाडि गाडीमा भेडिएको पर्स खोजि खोजी जिम्मा लगाउन पाउदा धेरै खुसी मिलेको नौलो मिरमिरे यातायातका संचालक दाहालले बताए । भने पर्स र नगद भेटिने आस मारेका राईले यो समयमा पनि इमान्दारी मानिर रहेछ भन्दै खुसी ब्याक्त गरे ।

सम्बन्धित खवर