शिवपुरी राष्ट्रिय निकुञ्जमा भीषण आगलागी - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

शिवपुरी राष्ट्रिय निकुञ्जमा भीषण आगलागी

शिवपुरी राष्ट्रिय निकुञ्जमा भीषण डढेलो सुरु भएको छ। बुढानीलकण्ठ नगरपालिकाको-१ को तैलुङ भन्ने स्थानबाट लागेको आगो नियन्त्रण गर्ने काठमाडौं महानगर पालिका र बुढानीकण्ठ नगरपालिकाको दुईवटा दमकल प्रयोग गरिए को छ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलका अनुसार आगो अझै नियन्त्रणमा आएको छैन। उनले भने‚ ‘बिहान १० बजेदेखि सुरु भएको डढेलो अझै नियन्त्रण आएको छैन।‘डढेलो लाग्नुको कारण नखुलेको उनले बताए। हाल शिवपुरी निकुन्जभित्र रहेको गुम्बातर्फ डढेलो आइरहेको हुँदा गुम्बाभित्र रहेका भिक्षुहरुलाई अहिले सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको नगरप्रमुख खरेलले बताए। स्थानीय, नेपाली सेना‚ नेपाल प्रहरी, नगर प्रहरी, रेडक्रसका सदस्यले आगो नियन्त्रणमा लिने कोसिस गरिरहेका छन्।

सम्बन्धित खवर