एमालेको आपत्ति - संसदीय समितिमा अझै नेकपाको सांसद हुनुपर्यो - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

एमालेको आपत्ति – संसदीय समितिमा अझै नेकपाको सांसद हुनुपर्यो

काठमाण्डाै – नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग दल भइसके पनि संसदीय समितिमा नेकपा नै रहेको भन्दै एमालेले विरोध जनाएको छ ।

प्रतिनिधि सभाको बिहीवारकाे बैठकमा एमालेका सांसद खगराज अधिकारीले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी बिउँतिएर पुरानै संरचनामा काम भइरहे पनि संसदीय समितिमा अझै नेकपाकै सांसदको रूपमा रहन बाध्य भएको भन्दै आपत्ति जनाउनुभयो ।

अब संसद्ले नेकपालाई नचिन्ने भएकाले आफूहरूलाई संसदीय समितिमा एमालेकै दर्जामा राख्न पनि अधिकारीले माग गर्नुभयो । नेकपा नै नरहेकाले नेकपाको नाममा हुने निर्णयमाथि कानुनी प्रश्न उठ्न सक्ने भन्दै आफूहरूलाई एमालेकै सांसदका रूपमा काम गर्न दिन पनि अधिकारीले माग गर्नुभएको छ ।यस्तै बिहीवारकाे बैठकको शून्य समयमा सांसदहरूले विभिन्न क्षेत्रका समस्या तथा सरकारको समर्थन र आलोचना गरेका छन् ।

सम्बन्धित खवर