६४ औँ राष्ट्रिय सहकारी दिवसमा नेपालमै पहिलो सहकारी संस्थापक बखानसिहंको सालीक - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

६४ औँ राष्ट्रिय सहकारी दिवसमा नेपालमै पहिलो सहकारी संस्थापक बखानसिहंको सालीक

सइनो समचारदाता
पथरी / ६४ औँ राष्ट्रिय सहकारी दिवस मोरङको पथरीशनिश्चरेमा मनाइने भएको छ । प्रत्येक चैत्र २० गते देशभर मनाइदै आएको सहकारी दिवस यो वर्ष मोरङको पथरीशनिश्चरेमा मनाइने भएको हो ।

मोरङ जिल्लाभरका सहकारीहरु र कर्मचारीहरु मोरङको पथरीशनिश्चरेमा भेला भई ६३ औँ सहकारी दिवस मनाउने भएका छन । कोरोना महामारीका कारण सोचे अनुरुप कार्यक्रम गर्न नपाए पनि नेपालकै पहिलो सहकारीका संस्थापक बखानसिह गुरुङको सालिक अनावरण तथा सम्मान कार्यक्रम गर्दै मनाउन लागेको आयोजक समितिका संयोजक डिल्ली पोखरेलले बताएको छ ।

वि.सं २०१३ सालमा नेपालको चितवनमा पहिलो पटक सहकारी स्थापना गरेका बखान सिह गुरुङको नेपालमै पहिलो पटक पथरीशनिश्चरे कर्मचारी संघले सालिक स्थापना गरेको छ । मनकामना सामुदायीक बनको पार्कमा निमाणीत स्व. गुरुङको शालिक २० गते प्रदेश नं १ का प्रदेश प्रमुख माननिय सोमनाथ अधिकारीले अनावरण गर्ने छन ।
६४ औं सहकारी दिवशको अवसरमा आयोजित बखान सिह गुरुङको अनावरण र सम्मान कार्यक्रममा संघिय संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकाल, प्रदेश नं १ का भूमि, ब्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर लगायतको उपस्थिति रहने मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलले जानकारी दिए ।

सम्बन्धित खवर