पथरीशनिश्चरेमा चैत्र २० देखि हात्तीपाईले रोग विरुद्धको औसधी सेवन गराईने - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

पथरीशनिश्चरेमा चैत्र २० देखि हात्तीपाईले रोग विरुद्धको औसधी सेवन गराईने

२०२० सम्म हातिपाईले रोग निवारण गर्ने राज्यको लक्ष रहे पनि हातिपाईले रोग निवारण हुन सकेको छैन ।

हातिपाईले रोग निवारण गर्नका लागि मोरङको पथरी शनिश्चरे नगरपालिकाले चैत्र २० देखि २७ गते सम्म राष्ट्रिय हातीपाईले रोग निवारण कार्यक्रम संचालन गर्ने भएको छ । यो वर्ष राज्यले राष्ट्रिय अभियान अन्तरगत झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाके, बर्दिया र कैलालीमा गरी १२ जिल्लामा औषधी सेवन सुरु गर्दै छ । छिमेकी नगर र जिल्लामा यो रोगको संक्रमण देखिएकाले पथरीशनिश्चरेले चैत्र २० देखि औषधी सेवन सुरु गर्ने भएको हो ।

२० देखि २७ गते सम्म नगरवासीको घर घरमै गएर स्वास्थ स्वयम सेविकाहरुले हात्तीपाईले रोग विरुद्धको औसधी सेवन गराउने नगर प्रमुख दिलिप कुमार राईले जानकारी दिएका छन ।  पथरीशनिश्चरेले अघिल्लो बर्ष कुल जनसंख्या ६३ हजार ३ सय ६४ मध्ये ५७ हजार ६ सय ३६ जनामा औषधी सेवन गराउदै उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो । यस बर्ष पनि नगरले ६९ हजार जनसंख्या मध्ये औसधी सेवन गर्न मिल्ने ६१ हजार ८ सय ३६ जनालाई औषधी सेवन गराउने लक्ष लिएको छ । औषधी सेवनका कारण नगरमा नयाँ हात्तीपाईले रोगको नदेखिए पनि पुराना १० रोगि भने निको भएको नगरमा तथ्याङक छ ।

सम्बन्धित खवर