वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलको पद जोगियो - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलको पद जोगियो

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका खनाल–नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् ।

खनाल–नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताउनुभयो । यसअघि एमालेको खनाल–नेपाल समूहका २२ सांसद र माओवादी केन्द्रका २३ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध गएको पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

माओवादी र एमालेका खनाल–नेपाल समूहका सांसदले मुख्यमन्त्रीका रूपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो । वाग्मतीमा ५७ सांसद रहेको एमालेको एकल बहुमत छ । वाग्मतीमा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ ।

सम्बन्धित खवर