न्यू सुन्दर कृषी समुहद्धारा अर्ज्ञानीक बर्खे धान रोपाई सुरु - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

न्यू सुन्दर कृषी समुहद्धारा अर्ज्ञानीक बर्खे धान रोपाई सुरु

साइनो समाचारदाता
पथरी/ अर्ज्ञानीक कृषीमा उत्पादनको पहुच पुर्याउने उदेश्यका साथ मोरङ पथरीशनिश्चरेको न्यू सुन्दर कृषी समुहले चैत्रे धान खेती रोपाई सुरु गरेको छ । न्यू सुन्दर कृषी समुहले स्थानीय कृषक पुस्प थापाको ३ बिघा क्षेत्रफलमा बर्खे धान विजु रोपाई गरेको हो ।

आधुनीक कृषी प्रणली संग संगै सास्कृतीक परमपरालाई जोगाउने उदेश्यका साथ सुरु गरेको रोपाईको पथरीशनिश्चरे नगरपालीकाकी उपप्रमुख यमुना विष्ट बास्तोला र कृषीमहा संघका सदस्य तथा हाई किसान एग्रोभृट प्रा. ली.का प्रमुख श्याम पोख्रलले घान रोपेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा नगरका कृषहरुका लागि नगरले पकेट क्षेत्र बनाएर विभिन्न कार्यक्रम ल्याएको पथरीशनिश्चरे नगरपालीकाकी उपप्रमुख यमुना विष्ट बास्तोला प्रमुख अतिथी यमुना विष्ट बास्तोलाले बताउनु भयो । एकिकृत कृषी प्रणली अपनाएमा कृषकहरु सफल हुने र आत्मा निर्भर हुने कृषीमहा संघका सदस्य प्रमुख श्याम पोख्रलले बताउनु भयो । आधुनीक कृषी प्रणाली अपनाउदा उत्पादन दोब्बर भएको स्थानीय कृषक मनोरथ भण्डारीले बताए ।

सम्बन्धित खवर