महालक्ष्मि जिवन हेरचाहा विमा भुक्तानी गर्दै - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

महालक्ष्मि जिवन हेरचाहा विमा भुक्तानी गर्दै

साइनो समाचारदाता
पथरी/ आज पनि भोलि पनि बचत पनि सुरक्षा पनि भन्ने मुल नाराका साथ नेपाल भरी जिवन विमा गराउदै आएको महालक्ष्मि लाईफ इन्सोरेन्स कम्पनील मोरङको कानेपोखरी ४ का रेशम माझीको परिवारलाई मृत्यू परणको मृत्यू दावि विमाको रकम वितरण गरेको छ । केहि समय अघि छोरी रेनिशा माझीको महालक्ष्मि जिवन हेरचाहा बिमा गराएका थिए । विमा गरेको १२ दिन पछि माझीको करेन्ट लागेर मृत्यू भएका थियो । रेशम माझीको मृत्यू पछि विमा कम्पिनीले महालक्ष्मि जिवन हेरचाहा बिमा अन्तरगत पहिलो किस्ता ५ लाख उपलब्ध गराएको छ । कम्पनीले बालिकाको १५ बर्ष सम्म उज्जल शिक्षाको लागि प्रत्येक ३ कहिनामा १२ हजार ५ सय पढाई खर्च सहयोग गर्ने छ । १५ बर्षे विमा अन्तरगत समयाअवधी समाप्त भए पछि ५ लाख सहित बोनस उपलब्ध गराउदै जम्मा १७ लाख उपलब्ध गराउने प्रदेश नं. १ उपक्षेत्रिय प्रबन्धक गुन्जन थापाले बताए ।

समयमै विमा गरेकाले सदस्य गुमाए पनि आउदा दिनमा महालक्ष्मि लाईफ इन्सोरेन्सले परिवारको समस्यामा मलम पटि लगाएर सहयोग मिलेको मृतकका दाई राजन माझीले बताए । महालक्ष्मि लाईफ इन्सोरेन्सले घरमै आएर दुखको सरथी बनेकोमा कम्पनीलाई धन्यबाद दिदै विमाको बारेमा जानकारी गराउन र सबैले बिमा गर्न अनिवार्य रहेको कानेपोखरी गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्लेले बताउनु भयो ।

सम्बन्धित खवर