संघिय सरकारकाे ३८ लाख ८६ हजारकाे आधारभुत स्वास्थ केन्द्र यस्ताे - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

संघिय सरकारकाे ३८ लाख ८६ हजारकाे आधारभुत स्वास्थ केन्द्र यस्ताे

साइनो समाचारदाता
पथरी / नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले स्वास्थ संस्था नभएका १२०० वडाहरुमा आधारभुत स्वास्थ सेवा केन्द्रको निर्माण गर्दै छ । सबै स्थानिय तहका वडामा बन्ने भवन एकै प्रकृतीको डिजाइनमा सम्पन्न हुने संघिय मन्त्रालयको निर्देशिकामा उलेख छ । केहि भवन सम्पन्न भएका छन भने केहि निमाणधिन अवस्थामा छन ।
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ३ र ७ मा टाईप २ अन्तरगत निर्माण सम्पन्न भएका २ ओटा भवन सानो भएकै कारण संचालनमा आउन सकेका छैन । संघिय सरकारले ३८ लाख ८६ हजार ९ सय २० बजेटमा सम्पन्न गर्ने गरि नगरलाई बजेट विनियोजन गरेको छ । ७.३१ लम्बाई र ७.०६ चौडाइ क्षेत्रफलमा बनेको भवनमा १०ह१० का ३ कोठा सहित एक साहयक कक्ष रहेको छ ।


सोहि मापद्धण्ड अनुसार नगरले ईविडिङ मार्फत ३२ लाख ६९ हजार ६ सय ३४ मा ठेक्का दिएको थियो । ठुलो रकममा सानो भवन बनेर पछि संचालनमा नआउदा अलपत्र अवस्थामा रहेको छ । ३८ लाख ८६ हजार ९ सय २० बजेटमा बनेका भवन अनुगमनमा रकम अनुसारको नदेखिने भएकोे कारण पास नभएको र कार्यपालीकामा लाने र कार्यपालिकाको निर्णय अनुसार प्रकृया अगाडी बढाउने पथरीशनिश्चरे नगरपालीकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक यमुना विष्ट बास्तोलाले बताउनु भयो ।
संधिय सरकारको लगानी र नक्सा डिजाईनमा बनेकोले नगर र वडाले सहजिकरण मात्र गरेको वडा नं. ७ का वडाध्यक्ष कपिलमणि ढकालले बताए । सानो छ तर परिवर्तन गर्न लाग्दा समय लम्बीने र बजेट उम्कन सक्ने भएकाले जस्तो आयो त्यस्तै काम सम्पन्न गरेको ढकालले बताए । सानो भए पनि नगर र संधिय सरकारको मापदण्ड अनुसार भवन बनेको तर कति लागतमा बनेको हो सो कुराको आफु जानकार नरहेको वडा नं ३ को भवनको निगरानि गदै आएका वडा सदस्य देवि प्रसाद घिमिरेको बताउछन ।
यता सरकाको निदेशन अनुसार ताटेकीएकै मापदण्डमा काम सम्पन्न भएको नगरका प्रविधिक दिपक आचार्यको भनाई छ ।
नगरले पिपि एम ओ स्टमेत अन्तरगत ठेक्का लगाउने र ठेक्का प्रकृया गर्दा आफु निकटका कम्पनिले ठेक्का प्राप्त गर्ने गरि बोलपत्र मुल्याङन गर्ने तथा विज्ञापन गर्ने कारणले सरकार मारर्फत भन्ने बिकास निमाणका कामहरु अधुरा, अलपत्र र कमसल बने गरेका छन ।

यो समस्या मोरङको पथरी शनिश्चरेको मात्रै हैन संधिय सरकार मार्फत बन्ने १२०० वडाका सबै भवनमा यस्तै देखिन्छ । संघिय सरकारले डिजाईन अनुसार बनेको टाइप २ अनुसारका भवनको साना साना ३ कोठा र १ सानो साहयता कक्ष मात्र रहेको छ । साना साना कोठा र सागुरो ठाउ भएका कारण संचालनमा नआउदै सेवा ग्राहिले सुविधा भन्दा पनि सास्ती पाउने देखिन्छ ।
यता भवन बनिसक्दा पनि संचालनमा नआएको भन्दै स्थानियले चाडो संचालनमा ल्यउन नगरलाई अनुरोध गरेका छन ।

सम्बन्धित खवर