ओली र माधव नेपालबीचको छलफल सकियो - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

ओली र माधव नेपालबीचको छलफल सकियो

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीमा देखिएका समस्याका विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएकाे उपाध्यक्ष भीम रावलले. जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय भेला स्थगित गर्न आग्रह गरे पनि नेपाल समूहले भने आफ्ना पूर्ववत् कार्यक्रम यथावत् रहने अडान राखेका छन् । माधव नेपाल पक्षले अध्यक्ष अ‍ोलीले फागुन २८ गते गरेका पदाधिकारी खारेज गर्ने र विभिन्न प्रदेश तथा सङ्गठनमा नयाँ नियुक्त गरेका निर्णय तत्कालै फिर्ता लिन माग गरेको छ । त्यसमा छलफल गर्न सकिने अध्यक्ष ओलीले आश्वासन दिनुभएको छ ।

आफूहरूले पार्टी एकताबद्ध भएर अघि बढाउन चाहेको तर ओली पक्षले त्यसतर्फ ध्यान नदिएको र सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ सालको जेठ तीन गतेअघिकै अवस्थामा फर्कन नमानेको रावलको भनाइ छ ।  यस्तै अध्यक्ष केपी शर्मा ओलीले भोलि (मङ्गलवार) का लागि बोलाएको कार्यकर्ता भेला र चियापान समारोह तथा केन्द्रीय कमिटीको बैठकसमेत स्थगित गर्न नेपाल समूहले माग गरेको छ ।

सम्बन्धित खवर