म्यानचेस्टर सिटीकाे शानदार जित - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

म्यानचेस्टर सिटीकाे शानदार जित

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।

फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । जितसँगै सिटीकाे ७१ अङ्क भएको छ ।दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सिटीको भन्दा १७ अङ्क कम ५४ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीले एभर्टनलाई २–१ गोलले पराजित गरेको छ ।यस्तै क्रिष्टल प्यालेसले वेष्ट ब्रुमलाई १-० गोलले पराजित गरेको छ भने लिड्स युनाइटेड र चेल्सीबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।

सम्बन्धित खवर