संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चकाे कार्यकर्ता भेटघाट तथा अन्तरक्रिय कार्यक्रम सम्पन्न - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चकाे कार्यकर्ता भेटघाट तथा अन्तरक्रिय कार्यक्रम सम्पन्न

साइनो समाचारदाता

तेह्रथुम / तेह्रथुम छथर शुक्रबारेमा अायाेजित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाे राजनैतिक कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले संघीय लाेकतान्त्रिक गणतन्त्रमा जातिय भेदभावकाे मुद्वालाई लुकाएर मार्क्स र लेलिनको फोटो बेचेर नेपालका कम्युनिष्टले राजनीति गेरेकाे आरोप लगाएका थिए ।तेह्रथुमको छथर शुक्रबारेमा आयोजित राजनितीक कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अन्तरक्रिया कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश सांसद बिष्णु तुम्बाहाम्फेले विना अध्ययन देशकाे संविधान निर्माण गरिएकाले सबै जातजातीहरुको हक अधिकार नसमेटिएको हुदाँ संविधान घोषणा भएको दिन आफ्नो पार्टीले कालो दिनको रूपमा लिएको बताउनु भएकाे थियाे ।

सम्बन्धित खवर