एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

साइनो समाचारदाता
तेह्रथुम / तेेेेह्रथुमको छथर गाउपालीका वडा नं 4 स्थित फाक्चामारा स्वास्थ्य चाैकीमा सञ्चालन भएको एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकाे छ ।

शिविरमा २ सय ६० जनाले सेवा लिएका छन । शिविरमा ७ प्रकारका स्वास्थ्य सेवाहरु नागरिकहरुले निःशुल्क रुपमा लिएका थिए । बिशेषज्ञ फिजिसियन सेवा,बालरोग विशेषज्ञ सेवा ,स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा,निःशुल्का औषधि,मुटुको निःशुल्क इ सि जि सेवा सुगर जाँच सेवा तथा परामर्श सेवाहरु नागरिकहरुले लिएको लायन्स क्लब अफ बिराटनगरका अध्यक्ष मदन खतिवडाले जानकारी दिए । शिविरमा डाक्टर पवन पराजुली सहित ५ जना चिकित्सकको टोलीले नागरिकहरुलाई सेवा दिएका थिए । लायन्स क्लब अफ बिराटनगर र गुराँस लगुवित्त बित्तीय संस्था लि. को संयुक्त आयोजना तथा संजिवनी अस्पताल र आइ.भि.एफ. सेन्टर प्रालिको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविर छथर गाउँपालिकाको वडा नम्बर ३ र ४ का नागरिकहरुले सेवा लिएका थिए ।

सम्बन्धित खवर