लेटाङ नगरद्धारा नौ नारीलाई सम्मान - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

लेटाङ नगरद्धारा नौ नारीलाई सम्मान

साइनो समाचारदाता
लेटाङ / १११ ओैैं अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर मोरङको लेटाङ नगरपालिकाले नगरका ९ जना श्रमीक महिलालाई सम्मान गरेको छ । दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने महिलाहरू नगद २ हजार सहित सम्मान गरिएको होे ।

कार्यक्रममा वडा नं १ देखि ९ सम्मका १÷१ जना श्रमीक महिलालाई नगर प्रमुख शंकर राई, उपप्रमुख कृष्ण कुमारी निरौलाले सम्मान गर्नु भएको थियो । श्रमीक महिलालाई सम्मान गर्दै नगर प्रमुख शङ्कर राईले जुन क्षेत्रमा नारिको सम्मान हुन्छ त्यो क्षेत्र विकाशको गतिमा अघि बढ्ने बताउनु भयो ।

महिला र पुरुष विच श्रमको एकरुपता भएका कारण एकरुपता ल्याउन नारी दिवस मनाउदै आएको नगर उप प्रमुख कृष्णकुमारी निरौलाले बताउनु भयो । लेटाङ नगरपालिकाको सहयोग एवं सीडीएफ नेपाल, ओरेक नेपाल, हर्डन मोरङ, लेटाङ महिला फेडेरेसन र ग्रामीण महिला विकास केन्द्रको संयोजनमा भएको कार्यक्रममा महिला तथा बालबालिकाहरुले गीत कविता र नाटक प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर