लेटाङको राजारानी पोखरीको सौन्दर्यकरणका लागि सरकारले ६ करोड ९३ लाख - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

लेटाङको राजारानी पोखरीको सौन्दर्यकरणका लागि सरकारले ६ करोड ९३ लाख

साइनो समाचारदाता
पथरी / ट्यास र भ्याट जस्तै सरकारले बिकास निर्माणको कार्यमा ३/३ महिनाको तार्गेट लिएर काम गर्न मोरङ ब्यापार संघका बरिष्ट उपाध्यक्ष नविन रिजालले सुझाप दिनु भएको छ । सोमबार लेटाङ उद्योग वाणिज्य सङ्घको २४ औं साधारण सभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

रिजालले सरकार ३/३ महिनामा कर उठाउँछ तर, विकास निर्माणको अवस्थाको विषयमा वर्ष दिनमा एक पटक पनि चासो राख्दैन । उहाँले करबाट उठेको पैसा उचित स्थानमा प्रयोग हुनु पर्ने माग गर्नुभयो । सभामा बोल्दै नगर प्रमुख शङ्कर राईले सुनाखरीको राजधानी, सखुवा देखि लालिगुरास सम्म पाईने राजारानि र धिमाल जातिको मुल थलो राजारानीको विकाश गर्न नगरले सङ्घीय सरकार संगको सहकार्यमा ६ करोड ९३ लाख र नगरपालिकाले २ करोड ६० लाख रुपियाँ विनियोजन गरेको बताउनु भयो ।

जिल्ला तथा नगर शाखाका तर्फबाट बोल्दै उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रितम खड्गीले गलत कृयाकलाप नगरी लेटाङका ब्यावसाय र लेटाङका होटलहरुले रातको १२ बजे सम्म संचालनमा ल्याउन सके आन्तरीक पर्यटन आउने बताउनु भयो । लेटाङ नगरपालिकाका वाड ३ का वडाध्यक्ष देबराज चाम्लिङले सुनाखरीको राजधानी राजारानी पोखरीलाई विशेष क्षेत्र घोषणा गर्न माग गर्नुभयो । उहाँले ४३ जातका दुर्लभ सुनाखरी पाइने एक मात्र जङ्गल भएकोले यसको अध्ययनका लागि छुट्टै विद्यालय आवश्यक भएको उल्लेख गर्नुभयो ।

लेटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्गबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा एक दशक देखि सङ्घको कार्यलय सहयोगी भएर काम गर्दै आउनु भएका कर्मचारी दामोदर सुबेदीलाई २ हजार ५ सय नगद सहित सम्मान गरिएको थियो ।

सम्बन्धित खवर