घर भित्रको सरकार रोज्नेकी छिमेकी र विदेशीलाई कन्फटेवल हुने सरकार रोज्ने : मन्त्रि ढकाल - Sainokhabar
  • शनिबार, बैशाख ०४, २०७८

घर भित्रको सरकार रोज्नेकी छिमेकी र विदेशीलाई कन्फटेवल हुने सरकार रोज्ने : मन्त्रि ढकाल

मन्त्रि ढकालले सरकार जनता र मुलुककै विकाश गर्ने कार्यमा लागेको बताएका छन । उनले भने नेपाली जनताले अब घर भित्रको सरकार राेज्ने की छिमेकी र विदेशीलाई कन्फटेवल हुने सरकार राेज्ने भनेर प्रश्न गरेका छन ।

साइनो समाचारदाता
पथरी /संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपाल सरकार जनताको सेवामा सदासर्वदा लागि परेको बतएका छन ।

मोरङको पथरीशनिश्चरेमा आन्तरिक राजस्व बिभाग आन्तरिक राजस्व कार्यलय विराटनगरको करदाता सेवाको उद्घाटन गर्दै मन्त्रि ढकालले सरकार जनता र मुलुककै विकाश गर्ने कार्यमा लागेको बताएका छन । ढकालले माधव नेपाल र प्रचण्डलाई इङकीत गर्दै घर भित्रको सरकार बने तपाईले आफ्नै सरकारको अनुभुती गने र छिमेकी र विदेशीलाई कन्फटेवल हुने सरकार बने पनि नया अनुभुती गर्न पाईने बताएका छन ।

असोज २८ गते देखि सुरु भएको सेवाकेन्द्रबाट पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, कानेपोखरी आसपासका सेवग्राहीले सेवा लिई रहेका छन ।

सम्बन्धित खवर