साझेदारीमा छथरका किसानलाई हाते ट्याक्टर वितरण - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

साझेदारीमा छथरका किसानलाई हाते ट्याक्टर वितरण

साइनो समाचारदाता
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ सुदापका किसानलाई सघन धानबाली प्रबर्धन कार्यक्रम अन्तरगत हाते ट्याक्टर वितरण गरीएको छ । कृषी ज्ञान केन्द्र धनकुटाको ५० प्रतिशत अनुदानमा १० वटा ट्याक्टर कृषकहरुलाई प्रदान गरीएको हो। किसानलाई ट्याक्टर सहित २ थान थ्रसर मेसिन धानको बिउ,बिषादी,मल लगायतका सामग्रीहरु कृषकको साझेदारीमा ज्ञान केन्द्रले सहयोग गरेको हो । धनकुटा ज्ञान केन्द्र र किसानको १६ लाख ५० हजार रुपैयाँको साझेदारीमा सामाग्री प्रदान गरीएको हो ।

छथर गाउँपालिकाले किसानहरुलाई प्राबिधीक सहयोग,अनुगमन,परामर्श लगायतमा सहयोग गर्दै परम्परागत रुपमा गोरु जोतेरै खेती गर्दै आएका किसानहरुलाई आधुनिक प्रबिधी सँग जोडाउन कृषि सामग्री अन्तर्गतको हाते ट्यक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताएका छन । ट्याक्टर पाए सँगै किसानले धेरै जमिन पनी थोरै समयमा खनजोत गर्न सहज बनेको कृषकहरु वताउछन् ।

सम्बन्धित खवर