रासस / भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफ्नो ४०औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गर्नुभएको छ । अस्पतालमा आज आयोजित एक कार्यक्रममा उहाँले अस्पताल विकास समितिको नेतृत्व सम्हाल्नुभएको ११ महिनाको बैठक भत्ता, यातायात खर्च, खाजा खर्चबापत जम्मा भएको रकम अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा वासुदेव पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।
