चालकलाई नमस्कार गर्दै ट्राफिक प्रहरीले भने “हर्न नबजाउनुस ल ?” - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

चालकलाई नमस्कार गर्दै ट्राफिक प्रहरीले भने “हर्न नबजाउनुस ल ?”

साइनो समाचारदाता
पथरी / एक नं. प्रदेश टा्रफिक प्रहरीले हर्न निशेधित क्षेत्रमा हर्न नबजाउन एक दिने सचेतना कार्यक्रम गरेको छ । एक नं. प्रदेश हर्न निशेधित क्षेत्र भएकाले चालकलाई हर्न नबजाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सोहि कार्य अनुसार मोरङको पथरीशनिश्चरेमा रहेको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीले पनि चालक संग हर्न नबजाउन अनुरोध गरेको छ ।

हर्न बजाउदा मानिसमा विभिन्न समस्या आउने र ध्वनी प्रदुसण हुने भएकाले हर्न नबजाउन इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका इन्चार्ज सैलेन्द्र कुमार गच्छदारले चलक संग दुईहात जोडि अनुरोध गरेका छन । प्रदेश नं. १ ट्राफीक कार्यलयले चालकलाई सडमा चल्ने सवारी साधनमा हर्न नबजाई दिन आग्रह गरेको छ ।

सम्बन्धित खवर