वडा अध्यक्ष चेम्जोङको सिफारिसमा वडा कार्यालय कै कर्मचारीलाई स्प्रे ट्याङकी - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

वडा अध्यक्ष चेम्जोङको सिफारिसमा वडा कार्यालय कै कर्मचारीलाई स्प्रे ट्याङकी

पथरी                                                                       पथरीशनिश्चरे ३ नम्बर वडाका वडाअध्यक्ष कै सिफारिसमा वडा कार्यालयमै कार्यरत एक कर्मचारीलाई स्प्रे ट्याङकी बितरण गरिने भएको छ । नगरपालिकाले वडाका किसानलाई बितरण गरिने स्प्रे ट्याङ्की कर्मचारीलाई नै सिफारिस गरिएको पाइएको छ । नगरको कृषि शाखाले प्रकाशित गरेको स्प्रे ट्याङ्की पाउने किसानको सुचिमा वडा कार्यालयमा कार्यरत कर्मचारी ललिता पोख्रेलका श्रीमान तोया पोख्रेलको नाम समाबेस गरिएको छ ।

५ नम्बरमा रहेको नाम कर्मचारी ललिता पोख्रेलका श्रीमान तोया पोख्रेल ।

पोख्रेल वडा कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यारत रहेकी छ्न । सो बिषयमा वडा अध्यक्ष चेम्जोङ संग बुझ्दा आफुले आएका सबै निवेदनलाई सिफारिस गरे पनि ब्याक्ती विशेष सिफारिस नगरेको बताए । सो बारेमा कृषि शाखामा बुझ्दा वडाले गराएको सिफारिसकै आधारमा स्प्रे ट्याङकी उपलब्ध गराएको जनाएको छ । वडा अध्यक्ष चेम्जोङ लुथरनले उपलब्ध गराएको बिरुवा आफ्नै खेतमा रोपेको भन्दै बिबादमा तानिएका थिए ।

सम्बन्धित खवर