राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल

राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो १२ बजे हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा दिउँसो तीन बजे एपीएफ र विराटनगर महानगरपालीका खेल्दैछन् ।उपाधि नजिक पुगेको विभागीय टीम एपीएफकी सावित्रा भण्डारी भने चोटका कारण खेल्न नसक्ने भएकी छन् । अंकतालिकाको शीर्ष स्थानमा रहेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ । एपीएफले एक खेल जिते मात्रै उपाधि जित्नेछ ।१० खेलमा २५ अङ्क जोडेको आर्मी लिगको दोस्रो स्थानमा छ । आर्मीले पुलिसको खेलमा हार बेहोरे वा बराबरी खेले पनि एपीएफले उपाधि जित्नेछ ।

सम्बन्धित खवर