समाजसेवी ईमहाङद्धारा २ लाख धनरासीको छात्रावृती अक्षयकोष स्थापना - Sainokhabar
  • आइतबार, फागुन २३, २०७७

समाजसेवी ईमहाङद्धारा २ लाख धनरासीको छात्रावृती अक्षयकोष स्थापना

साइनो समाचारदाता
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिका ४ फाक्चामारामा रहेको नविन शिक्षा सदन माध्यमिक बिद्यालयमा २ लाख धनरासीको अक्षयकोष स्थापना गरीएको छ । छथर गाउँपालिका ४ फाक्चामारा हाक्पारा निवासी हाल हङकङमा कर्मथलो बनाउँदै आएका समाजसेवी शिव कुमार ईमेहाङले स्व.बाजे मेघनाथ ईमेहाङ लिम्बु र स्व. बजु जसरानी लावती ईमेहाङ लिम्बुको स्मृतिमा मेघनाथ जसरानी छात्रबृती अक्षयकोष स्थापना गरेका हुन ।

बिद्यालयमा अध्ययनरत कक्षा दश(एसइइ) मा उकृष्ट अंक ल्याउने एक छात्र र एक छात्राले कोषको ब्याजबाट प्राप्त हुने रकमबाट छात्राबृती पाउने गरी स्थापना गरेको ईमेहाङले बताए । आईतबार एक कार्यक्रमका बिच बिद्यालयका प्रधानध्यापक कृष्ण बहादुर निरौला र बिद्यालय ब्यावस्थापन समितीका सदस्य रेवत पारघारीलाई ईमेहाङका प्रतिनिधी मनु तुम्सा ईमेहाङले नगद २ लाख प्रदान गरेको बिद्यालयका शिक्षक टिका कार्कीले बताए । त्यस्तै दाताबाट प्रदान गरीएको प्रमाणपत्र पत्रकार प्रकाश पाक्साँवाले प्रदान गरेका थिए ।

अक्षयकोष स्थापनाको अबसरमा बिद्यालयमा अध्यायनरत कक्षा १ देखी १२ सम्मका प्रथम,द्धितिय, र तृतिया बिद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरीएको थियो । बिद्यलायमा अध्यायनरत कक्षा १ देखी ८ सम्मका विपन्न तथा गरिब बिद्यार्थीहरुलाई समेत स्टेशनरी प्रदान गरीएको थियो । कार्यक्रमको अवसरमा बिद्यार्थी र शिक्षकहरलाई माक्स वितरण गरीएको थियो । अक्षयकोष स्थापनाले बिद्यार्थीहरुलाई थप उर्जा प्रदान गर्नुको साथै बिद्यालयलाई समेत टेवा पुगेको बिद्यालयका प्रधानध्यापक निरौलाले बताए ।

सम्बन्धित खवर