पुर्वप्राथमिक देखी कक्षा ५ सम्मा टिपिनकरी वितरण - Sainokhabar
  • आइतबार, फागुन २३, २०७७

पुर्वप्राथमिक देखी कक्षा ५ सम्मा टिपिनकरी वितरण

साइनो समाचारदाता
तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका ४ फाक्चामारा स्थीत श्री नवीन शिक्षा सदन माध्यमिक बिधालयका विद्यार्थीलाई टिपिनकरी वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच पुर्वप्राथमिक देखि ५ कक्षा सम्मका विद्यार्थीलाई टिपिनकरी वितरण गरिएको बिधालयका प्रधानध्यापक कृष्ण बहादुर निरौलाले बताए ।  बिधालयका ७२ जना विद्यार्थीहरुलाई टिपिनकरी वितरण गरिएको थियो ।

बिद्यार्थीहरुलाई प्रधानध्यापक कृष्ण बहादुर निरौला शिक्षक बिधालय ब्याबस्थापन समिति सदस्य रेवत पारघरीले टिपिनकरी वितरण गरेको बिद्यालयका शिक्षक टीका कार्कीले बताए । नेपाल सरकारको खाजा कार्यक्रम अन्तरगत बिद्यालयका बिद्यार्थीलाई टिफिनकरी वितरण गरिएको हो । उक्त टिपिनकरी बिधालयको श्रोताबाट वितरण गरिएको बिधालयले जनाएको छ ।

सम्बन्धित खवर