पथरीशनिश्चरेमा २ दिने जलरङ्ग महोत्सव - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

पथरीशनिश्चरेमा २ दिने जलरङ्ग महोत्सव

साइनो समाचारदाता
पथरी / सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको मोरङको पथरी शनिश्चरेमा रहेको एभरेष्ट आर्ट फ्यूजनले २ दिने जलरङ्ग महोत्सव २०७७’ सुरु भएको छ । कला, संस्कृति र पर्यटन प्रवद्र्धनको आभास’ मुल नारा सहित सुरु भएको २ दिने जलरङ्ग महोत्सवमा नेपालका ख्यातिप्राप्त जलरंग कलाकार सहित भारतका समेत कलाकारहरुको सहभागिता रहेको छ ।

पथरी शनिश्चरे नगरपालिका कार्यालय र शान्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा भएको महोत्सवको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छा कुमार (के के) कर्माचार्यले उद्घाटन गर्दै पथरीशनिश्चरे क्षेत्रले कला सृजनाप्रतिको जागरण ल्याएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसभा सदस्य सरोजा खड्गीले आफ्ना आमा बुबाको नाममा स्थापना गरेर ‘विष्णु मीना ललितकला पुरस्कार’ समेत वितरण गरिएको छ । विराटनगरका चित्रकार ध्रुवनारायण डंगोललाई १० हजार राशी सहित मुहारचित्र, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ । एभरेष्ट आर्ट फ्यूजनको पहलमा पथरीमा रहेको पञ्चायत नमुना मा वी कक्षा ११ र १२ मा नाट्य कला सहितको फाइन आर्टको पढाई सुरु भएको पञ्चायत नमुना मा वीका प्राचार्य अर्जुन कुमार बुढाथोकीले बताउनु भयो ।


‘कला, संस्कृति र पर्यटन’ शिर्षकमा नगरका सामुदायिक माविस्तरीय चित्रकला प्रतियोगितामा जनता माविका बविन लिम्बू प्रथम, चन्द्रकिरातेश्वर माविका हाङ्छा राई द्वितीय र दुर्गा माविकी सुमी राई तृतीय भइ पुरस्कृत भएका छन । एभरेष्ट आर्ट फ्यूजनले फागुन ४ गते विरानगरमा ‘विराट राजदरवार इतिहास उजागर’ भन्ने मर्मका साथ चित्रकला काब्यशाला कार्यक्रम गर्ने भएको छ ।

सम्बन्धित खवर