महर्षि मेहि कृृृषि सहकारी काे आठौं बार्षिक साधारणसभा सम्पन्न - Sainokhabar
  • आइतबार, फागुन २३, २०७७

महर्षि मेहि कृृृषि सहकारी काे आठौं बार्षिक साधारणसभा सम्पन्न

रबिन्द्र बराल / आजको आवश्यता सहकारीमा अवद्धता भन्नेे मुल नाराकाे साथ महर्षि मेहि कृृृषि सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीलेे आफ्नैै नयाँ भवनमा उक्त कार्यक्रम गरिएको थियो ।

साधारणसभामा आर्थिक बर्ष २०७६ /७७ को कुल कारोबार ३ करोड ९४ लाख २२ हजार ३ सय ५० रुपैयाको आय व्यय प्रस्तुत गरिएको थियो । संस्थाले कुल १ करोड ८८ लाख ९४ हजार ८ सय ७७ रुपैया लगानी गरेकाे छ । संस्थाले ५७ लाख ६८ हजार ४ सय ५५ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च ५५ लाख ३० हजार ८३ रुपैया गरेको छ । संस्थाले २ लाख २५ हजार ६ सय ८३ रुपैया शुद्ध मुनाफा समेत गरेको छ । कार्यक्रम काे बार्षिक प्रतिवेदन संस्थाकाेे तर्फ बाट संस्था का अध्यक्ष श्री अशेश्वर प्रसाद साह ले प्रस्तुत गरेका थिए । उक्त संस्थाकाे ५ सय ९० जना शेयर सदस्य रहेको छ । सदस्य र समाजमा समर्पित संस्थाले सामाजिक उत्तरदायित्व निर्बाह गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपालथान गाउँ पालिका का कृषि तथा व्यवसायिक क्षेत्रमा कारोवार गर्दे आइरहेको छ ।

सस्थाले जेष्ठ सेयर सदस्य तथा उत्कृष्ट कर्मचारी उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारी लाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी भुमि व्यवस्था कृषि तथा सहकारीका माननिय राज्य मंत्री राम वहादुर मगर ले सहकारीको नयाँ निर्मित अनुदानित खाद्यान्न अनाज भण्डार घरकाे समेत रिवन काटेर उद्धाटन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु राजेन्द्र उप्रेती ,रामनारायण मंण्डल, प्रमाेद चक्रवति, पन्नालाल मंण्डल, कुन्दन साह, देब प्रकाश मण्डल ,कैलाश मण्डल,सिनोद झा, दुर्गेश रौनियार लगायतकाे उपस्थिति रहेको थियोे ।

व्यवसायिक, , धितो कर्जा, ब्यबसायिक ऋिण, फाईनान्स लागायत वितिय कारोवार गर्दे आइरहेको छ । सस्थाले जेष्ठ सेयर सदस्य तथा उत्कृष्ट कर्मचारी उत्कृष्ट बचतकर्ता, ऋणी लाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी भुमि ब्यबस्था,कृषि तथा सहकारी राज्य मंत्री माननिय राम वहादुर मगर ले सहकारीको नयाँ गाेदाम काे समेत रिवन काटेर उद्धाटन गरेका थिए । सहकारीका अध्यक्ष अशेश्वर प्रसाद साह सभापतित्वमा कार्यक्रम सम्पन भएको थियोे। कार्यक्रम संस्था का उपाध्यक्ष अविषेक अधिकारी ले संचालन गरेका थिए ।

सम्बन्धित खवर