मिर्चाडागी मा ससस्त्र बेश क्याप स्थापना भए पछि स्थानीय खुशी  - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

मिर्चाडागी मा ससस्त्र बेश क्याप स्थापना भए पछि स्थानीय खुशी 

रबिन्द्र बराल / मोरङको रतुवामाई नगरपालिका ३ स्थित निर्चाडागी ६ महिना अगाडि ससस्त्र फर्वड क्याप स्थापना भए पछि सो गाउँ मा वसोवास गर्ने १ सय घर परिवार लाभान्वित भएका छन ।

गाउँ मा बारम्बार चोरी हुन थालेपछि स्थानीयले सो गाउँमा प्रहरी राख्नुपर्ने भन्दै अनुरोध गरेपछि ससस्त्र फर्वड बेस स्थापना गरिएको ससस्त्र प्रहरी मोरङका कउ तिर्थ पौडेल ले बताए । उनले भने सो फर्वड वेश लाई बिओपि मा रुपान्तरण का लागि आफू हरुले उक्त स्थानीय निकाय मा पहल समेत गरिरहेको र बेश क्याप का लागि स्थानीय हरु ले ७ कठ्ठा जग्गा समेत दिई सकेको र अहिले फर्वड वेशमा ससस्त्र प्रहरीले डिउटि समेत दिन थालेको कउ पौडेल ले बताए ।

विगत दिनहरु मा प्रत्येक राति चोरी, डकैती , घरमा बाँधिएको गाई,गोरु, बाख्रा लगायत का सामाग्री हरु चोरी हुदै आएता पनि बिगत ६ महिना देखि ससस्त्र बेश क्याप स्थापना भए पछि अहिले आफुहरु आनन्द ले सुत्ने गरेको स्थानीय गान्धी प्रसाद सिह ले बताए । उक्त गाउँमा बिगत बर्षाे देखि गाउँको सुरक्षाको लागि सबै गाउँ ले हरु मिलेर रातिको समयमा डिउटि समेत गर्दे आईरहेको तर ससस्त्र बेश क्याप स्थापना भए पछि अहिले आफू हरु आनन्द ले बस्ने गरेको लक्ष्मण प्रसाद सिह ले बताए ।

उक्त गाउँ को पुर्वमा दमुना खोला पश्चिमा रतुवा खोला उत्तरमा रतुवा खोलाको सम्थल भाग र दक्षिण मा भारतीय सिमाना को बिच भागमा पर्ने श्रिलंका को टापु भनेर गाउँ प्रचलित छ । रतुवा खोलामा बर्षेउनि बाडिका कारण बिधुत को पोल खोलाले बगाउने भएको कारण ले गर्दे उनी हरु ले बिधुत को उपयोग गर्ने पाएका छैनन् । सो गाउँमा राति को समयमा कसैलाई बिरामी परे वा सर्पले टोक्यो वा कुनै गर्भवती महिला लाई सुत्केरी गराउनका लागि स्वास्थ्य चौकी सम्म पुगाउनुु पर्ये धेरै समस्या रहेको र उपचारका लागि उनी हरु ले भारतीय भुमि हुदै झापाको गौरीगंन्ज , दमक वा मोरङ को र रंगेली सम्म पुर्येएर उपचार गर्नुपर्ने बाध्यता रहेकोे छ ।

सम्बन्धित खवर