दुवै मृगौला फेल भएका सौरभको उपचारमा सहयोगको अपिल - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

दुवै मृगौला फेल भएका सौरभको उपचारमा सहयोगको अपिल

साइनो समाचारदाता
तेह्रथुम / कुनैबेला के हुन्छ भन्ने कस्लाई के थाहा । मनका हजारौ सपनाहरु क्षणभरमै खरानी हुन्छन् । यस्तै भएको छ तेह्रथुमको छथर गाउँपालिका ६ सुदापका २६ बर्षीय सौरभ लिम्बुलाई । मनभरी हजारौँ सपना बोकेर दुबई पुगेका थिए । उनी कार्यरत कम्पनीले पारिश्रमिक दिन नसकेपछी कम्पनी नै भागेर विचल्लीमा परेका थिए ।

कम्पनीले ६ महिनाको पारिश्रमिक समेत दिएको थिएन । पारिकश्रमिक नदिइ कम्पनी भागेर विचल्लीमा परेकोले उनी बाँच्नका लागी भएपनी बाहिर काम गर्दै आएका थिए । तर समय एकनास रहन सकेन कोरोना भाईरसले बिश्व आक्रान्त भएसँगै काम समेत पाउन छाडेपछी विचल्लीमा परेका लिम्बु कम्पनी बाहिर काम गर्दा खाने बस्ने टुङगो थिएन । लकडाउनले गर्दा कतिदिन सम्म त पानी कै भरमा जिवन बिताएका थिए । खाने बस्नेको टुङगो नहुँदा उनको स्वास्थ्यमा समस्या आउन थालेको थियो ।

स्वास्थ्यमा समस्या देखिए सँगै नजिकैको स्वास्थ्य संस्थामा उपचार गर्दा उच्च रत्तचाप भएको रिपोट आएको थियो । स्वास्थ्यमा समस्या आएसँगै रोजगार समेत गुमेपछी उनले घर फर्किने निधो गरे । तर उनी घर फर्किन टिकट गर्ने पैसा समेत थिएन । घर फर्किनलाई टिकट समेत परिवारले ब्याबस्था गरेर उनी गत पौष ७ गते नेपाल फर्किए । तर नेपालमा पाइला टेकेकै दिन उनको लागि अर्को बज्रपात आइदियो । काठमाण्डौंमा उनी होटलमा बसेका थिए । रातभरि उनलाई उल्टी भयो । निक्कै सिकिस्त अवस्थामा भोलीपल्ट टिचिङ हस्पिटल पुर्याए । चिकित्सकहरुले सौरभको दुवै मृगौला फेल भएको जानकारी परिवारलाई दियो ।

टिचिङ हस्पिटलले आइसियु भएको हस्पिटलमा राख्नु भनेपछि उनलाई बानेश्वरस्थित भेनस हस्पिटलमा लगेर ६ दिन राखेको सौरभका दाजु सुजन आंखेवाले बताए । एक महिनामै भाईको उपचारमा लाखौं खर्च भइसकेको र सबैबाट सहयोगको अपेक्षा पारिवारले गरेका छन । काठमाण्डौंमा खर्च अत्यधिक हुने भएकोले परिवारले सौरभलाई धरान ल्याएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहेको छ । सातामा २ पटक डाइलाइसिस हुन्छ । सौरभलाई उनकै बुबाले मृगौला दिने भएका छन् । तर, प्रत्यारोपण गर्न लाग्ने खर्च सुनेर परिवार चिन्तित छ । प्रत्यारोपणमा १५/२० लाख खर्च लाग्ने चिकित्सकहरुले बताएका छन ।

सौरभलाई सहयोगको लागि नेपाल बंगलादेश बैंक शुक्रबारे शाखाको खाता नम्बर ०५३००२७४१ऋ मा पठाउन सकिने परिवारले जनाएको छ । साथै, सम्पर्कको लागि विरामीको दाजुको मोवाइल नम्बर ९८४२४४२०६७ वा बचाउ अभियानका संयोजक नेत्र कट्टेललाई ९८५२०५३०२५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

सम्बन्धित खवर