छथर गाउँपालिकाका ३ जना करार कर्मचारीलाई कार्वाही - Sainokhabar
  • शनिबार, बैशाख ०४, २०७८

छथर गाउँपालिकाका ३ जना करार कर्मचारीलाई कार्वाही

साइनो समाचारदाता
तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा कार्यरत करारमा रहेका ३ जना कर्मचारीहरुको कार्वाही गरीएको छ । गाउँपालिकाले करार ज्यालमा कार्यरत कर्मचारीहरुले गाउँपालिकाको मर्म,भावना,उदेश्य,पेशा प्रति बफादार नभई समय र कामलाई बेवास्ता गरेको भन्दै कार्वाही गरिएको जनाएको छ ।

गाउँपालिकाको आर्थीक बर्ष २०७७र०७८ को सातौ गाउँसभा तथा चौथो बजेट अधिबेसनबाट पारित नितिगत निर्णय नम्बर १३ अनुसार स्थानीय सरकार संञ्चालन ऐनको दफा १६ (५)को ब्याबस्था अनुसार कार्वाही गरेको जनाएको छ । गाउँपालिकाको अनुसार कम्प्युटर अपरेटर तुलसीमान तिगेला,स्वकीय सचिव युवराज लुइटेल र सामाजिक परिचालक रमेशलाल श्रेष्ठलाई कार्वाही गरीएको छ ।

सम्बन्धित खवर