रंगेली मा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

रंगेली मा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

रबिन्द्र बराल / मोरङको रंगेली नगरपालि का स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय युवाहरुले पुरानो बैक नजिकै रहेको पुरानै गोदाम घरलाई निजी लगानी गरेर हल बनाएर बिगत एक बर्ष देखि सोहि कवड हलमा दैनिक बिहान बेलुका ब्याडमिन्टन समेत खेल्दै आईरहेका छन ।

ब्याडमिन्टन खेल को माध्यमबाट उनीहरुले स्वास्थ्य र स्फुर्त रहनका लागि ब्याडमिन्टन खेल सुरु गरेका हुन । २३ र २४ गते भएको खेलमा १६ टिमको सहभागी रहेको थियोे । फाईनल खेलमा धरानका धन बहादुर लिम्वु र रविन लिम्बू प्रथम र धरान कै सन्तोष खड्का र सुजन श्रेष्ठ द्वितीय स्थान ल्याएर बिजय भएका थिए । खेलमा प्रथम हुनेलाई नगद १५ हजार र दोस्रो हुने लाई ५ हजार र अनुसाशित खेलाडि हरु लाई सिल्ड प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियोे ।

कार्यक्रम मा रंगेली नगरपालिका का मेयर दिलिप बगडिया , बडा अध्यक्ष रामचन्द्र मंण्डल, बुद्धि सुरेश मिश्र , मचिन्द्र कटुवाल , शिशुपा यादव , क्लव का अध्यक्ष ब्रजेश मेह्ता लगायत ले खेलका बिजेता तथा उपविजेता हरु लाई सिल्ड प्रमाणपत्र तथ ट्रफि नगद समेत हस्तान्तरण गरेका थिए । खेल लाई सम्बोधन गर्दे मेयर ले भने अब रंगेली मा चाडै कवड हल समेत बनाउने प्रतिव्यघता जनाएका छन । अहिले सन्चालनमा आएको कवड हल लाई तत्कालै मर्मत गर्न समेत बताएका छन । उनले भने अहिले रंगेली ब्याडमिन्टन खेल को जिल्ला स्थानीय टुनामेन्ट नभए र अब का दिन हरुमा प्रत्येक बर्ष दुई पटक एक नम्बर प्रदेश लाई समेटेर ब्याडमिन्टन टुनामेन्ट गराउन युवा हरु लाई आग्रह समेत गरेका छन ।

सम्बन्धित खवर