कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणबाट ५५ हजार भन्दा बढीको मृत्यु - Sainokhabar
  • आइतबार, फागुन २३, २०७७

कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणबाट ५५ हजार भन्दा बढीको मृत्यु

एजेन्सी / गत २४ घण्टामा कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणको कारण २५४ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५५ हजार १३१ पुगेको स्वास्थ्य र सामाजिक प्रतिरक्षा मन्त्रालयले बिहीबार जनाएको छ । गत २४ घण्टाको अवधीका ९ हजार ७९० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमितको कुल संख्या २१ लाख ३५ हजार ४१२ पुगेको छ ।

कोलोम्बियामा आगामी फेब्रुअरी २० बाट कोभिड १९ विरुद्धको खोप अभियान शुरु गरिने समाचारमा जनाइएको छ । यहाँँ सरकारले कोभिड–१९ को कारण लागू गरेको स्वास्थ्य आपतकालिन समयावधि फेबु्रअरी २८ सम्म विस्तार गरेको छ । मानिसहरुलाई भीडबाट जोगिन र सुरक्षाका उपायहरु अवलोकन गर्न सरकारले आग्रह गरेको छ । – सिन्ह्वा

सम्बन्धित खवर