रंगेलीमा ब्याडमिन्टन प्रतियोगिता सुरु - Sainokhabar
  • आइतबार, फागुन २३, २०७७

रंगेलीमा ब्याडमिन्टन प्रतियोगिता सुरु

रबिन्द्र बराल / मोरङको रंगेली नगरपालिका स्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । स्थानीय युवाहरुले पुरानो बैक नजिकै रहेको पुरानै गोदाम घरलाई निजी लगानी गरेर हल बनाएर बिगत एक बर्ष देखि सोहि कवड हलमा दैनिकी बिहान बेलुका ब्याडमिन्टन समेत खेल्दै आईरहेका छन । ब्याडमिन्टन खेलको माध्यमबाट उनीहरुले स्वास्थ्य र स्फुर्त रहनका लागि उनीहरुले ब्याडमिन्टन खेल सुरु गरेका हुन ।

२३ र २४ गते हुने खेलमा ईलाका प्रहरी कार्यलय सिजुवा, सलकपूर, सोमवारे, मुम्का स्पोर्टिङ क्लव, रंगेली, पकली, बिराटनगर, धरान , सोराभाग लगायत १६ टिम को सहभागीता रहेको छ । कार्यक्रमकोे प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया ले पानसमा बत्ति बालेर खेलको उद्घाटन गरेका थिए । कार्यक्रममा बडा अध्यक्ष रामचन्द्र मंण्डल, टंक आचार्य, बुद्धि सुरेश मिश्र, शिशुपाल यादव, खेलाडीहरुमा बिकर्ण कार्की, शम्भु कटुवाल, सुजित पौडेल, ढब्बु तामाङ, शिवु राई ब्रजेश मेहेता र खेलप्रेमिहरुको समेत उपस्थित रहेको थियो ।

खेललाई सम्बोधन गर्दे मेयरले भने अब रंगेली मा चाडै कवड हल समेत बनाउने प्रतिव्यघता जनाएका छन । सो खेलमा प्रथम हुने लाई नगद १५ हजार र दोस्रो हुने लाई ५ हजार र म्यान्द म्याच , म्यान्वद श्रिज, अनुसाशित खेलाडि हरु लाई सिल्ड प्रमाणपत्र समेत हस्तान्तरण गरिने आयोजक ले जनाएको छ ।

सम्बन्धित खवर