अन्नपूर्णकर्मी टीअार लिम्बु पुरस्कृत - Sainokhabar
  • शनिबार, बैशाख ०४, २०७८

  अन्नपूर्णकर्मी टीअार लिम्बु पुरस्कृत

  1. साइनो समाचारदाता

तेह्रथुम । समाचारको माध्यमबाट जिल्लाको समग्र विकासको निम्ती उत्कृष्ट कलम चलाएको भन्दै ‘तेह्रथुम क्रियासिल पत्रकारिता पुरस्कार’ बाट अन्नपूर्ण पोष्ट दैनिकका तेह्रथुम संवाददाता टीआर लिम्बु बुधबार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ तेह्रथुमको ११ औ साधारणसभामा राधिका पोख्रेल र डा.सञ्जिव सापकोटाले आफ्नो स्वर्गिय छोराको नाममा स्थापना गरेको पुरस्कार अन्नपूर्णकर्मी लिम्बुलाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सिनाले पत्रकार लिम्बुलाई नगद १३ हजार, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरेका छन् । दशक बढिदेखी पत्रकारिता क्षेत्रमा क्रियासिल रहि सुसासन,पार्दसिता,जवाफदेहिताको पक्षमा समाचार संप्रेषण गरि जिल्लाको बिकास र समृद्धीमा योगदान दिएको ठहर गर्दै उक्त पुरस्कार लिम्बुलाई दिने निर्णय गरेको नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाले बताए । पत्रकारीता क्षेत्रमा जिल्लामा हालसम्म वितरण गरिएको पुरस्कारमध्ये उक्त पुरस्कार सबैभन्दा ठूलो रहेको ढुंगानाको भनाई छ । लिम्बु विगत दश वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल छन् ।

सोही कार्यक्रममा अन्य बिभिन्न शिर्षकमा सातजना पत्रकारलाई पुरस्कार वितरण गरिएको नेपाल पत्रकार महासंघ तेह्रथुमका उपाध्यक्ष भगिश्वर लिम्बुले बताए ।

सम्बन्धित खवर