उर्लाबारीमा जमिनमुनि गाडेको अवस्थामा १८५ राउण्ड गोली बरामद - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

उर्लाबारीमा जमिनमुनि गाडेको अवस्थामा १८५ राउण्ड गोली बरामद

साइनो समाचारदाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – वडा नं १ स्थित लक्ष्मीझारमा १८५ राउण्ड गोली भेटिएको छ । एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली जमिनमुनि गाडेको अवस्थामा फेला परेको हो ।

स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा गोली भेटेका थिए । गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर