प्रचण्डद्धारा बन्दको अवज्ञा - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

प्रचण्डद्धारा बन्दको अवज्ञा

साइनो समाचारदाता / आफैँले देशव्यापी आमहडतालको आह्वान गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने गाडी चढेर आन्दोलनमा सहभागी हुन सडकमा आएका छन् ।

बा.१७च ३० ७१ को ल्यान्डक्रुजर गाडी चढेर आमहडताल गराउन ललितपुरको पुल्चोक पुगेका थिए । गाडीबाट ओर्लिएर प्रचण्ड पुल्चोकको बीचसडकमा केही समय पलेँटी कसेर बसे । त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेलतर्फ लागे ।

गाडी चढेर कार्यक्रमस्थल पुगेका नेता प्रचण्डले सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसँगै नेतृ पम्फा भुसाललगायतका नेता–कार्यकर्ता पनि सहभागी थिए ।

नयाँ पत्रिका

सम्बन्धित खवर