माछापुच्छ्रे बैँकको १५४ औँ शाखारहित बैकिंग सेवा महेन्द्रचोकमा - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

माछापुच्छ्रे बैँकको १५४ औँ शाखारहित बैकिंग सेवा महेन्द्रचोकमा

साइनो समाचारदाता
पथरी । माछापुच्छ्रे बैँक लिमिटेडको १५४ औँ शाखारहित बैकिंग सेवा अब पथरीशनिश्चरेको महेन्द्रचोकबाट पाउन सकिने भएको छ । बुधबार बैँकले आफ्नो १५४ औँ शाखारहित बैंकिङ सेवा कार्यालय उद्घाटन गरेको हो ।

प्रदेश सांसद कृष्णकुमारी राई र संभीधानसभा सदस्य चण्डी राईले कार्यालयको उद्घाटन गर्नुभएको थियो । २० वर्षअघि पोखरामा स्थापना भइ देशका विभिन्न भागमा शाखा खोल्न सफल माछापुच्छ्रे बैँकका करिब ८ लाख सेवाग्राही रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राई हिजोसम्म बैकिंग सेवा लिन आफुहरु जिल्ला पुग्नुपर्ने समस्या भोगेको स्मरण गर्दै अहिले बैँकहरुले जनताको घरदैलोमै सेवा दिन थालेको बताउनुभयो ।

कार्यक्रममा बोल्खै विशिष्ट अतिथि संविधानसभा सदस्य चण्डी राईले शाखारहित सेवा भए पनि सवै सेवा दिन सक्ने भन्दै बैँकलाई शुभकामना दिनुभयो । बैँकहरु सहरकेन्द्रित भइरहेका बेला माछापुच्छ्रे बैँकले ग्रामीण भेगका जनतालाई पनि बैंिकग सेवा दिन सफल भएको र ढुक्कका साथ बैँकबाटै कारोवार गर्न आग्रह गर्नुभयो । ११३ अर्ब निक्षेप रहेको माछापुच्छ्रे बैँकले १०३ अर्ब ऋण लगानि गरेको छ । मुख्य राजमार्गसँग जोडिएर पनि बैँकिङ पहुँचबाट टाढा रहेको देखेपछि सो क्षेत्रमा बैँकिङ सेवाका लागि पहल गरेको बैँकका प्रदेश प्रमुख दिपेन्द्र प्रसाद वाग्लेले बताए

सम्बन्धित खवर